२०८१ भाद्र २३
                           

जुगल हिमशृंखलाका पाचँ हिमाल आरोहण खुलाउँन नेपाल सरकारलाई गरियो सिफारिस

सिन्धुपाल्चोक,२१ फागुन

सम्झना कार्की -सिन्धुपाल्चोककाे जुगल हिमाल पर्वतारोहण खुल्ला गर्नका लागी आईतबार पर्यटन विभागको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका चार र जुगल हिमनदी र जुगल याङरी हिमचुलीको बिचमा रहेको एक हिमचुली गरी जम्मा पाचँ हिमचुलीको नामकरण गरी आरोहणका लागी खुला गर्न सस्ंकृति पर्यटन तथा नागरीक उड्डयान मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो ।

नापी विभागले एभरेष्ट १८ सय ३० कोर्डिनेट सिस्टमबाट निर्धारण गरेको कोर्डिनेट अनुसार हिमचुलीको नामकरण गरी आरोहणका लागी खुला गर्न सिफारिस गर्ने निर्णय भएको अध्यक्ष स्याङबोको भनाई छ । उहाँका अनुसार पाँच हजार नौ सय बाईस देखि छ हजार पाचँसय एकानब्बे मिटरसम्मका हिमालमा पर्वतारोहणको लागि खुला गर्न सिफारिस गरिने बताउँनुभयो । हिमाल आरोहण खुला गरी विदेशी पर्यटक आगमन बढाउने योजनाअनुसार कुनकुन हिमालमा पर्वतारोहीको आकर्षण देखिन सक्छ भनी छलफल गरेर यो निर्णय गरिएको अध्यक्ष स्याङबोले बताउँनुभयो । साथै हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको पनि बताउँनुभएको छ ।

 

सिफारिस गरिएको नाममा जुगल १ को उचाई ६ हजार पाचँ सय ९१ मिटर , यहाँ ८५ डिग्री ४५ मिनेट ११.४९ सेकेण्ड पुर्वी देशान्तर रहेको छ भने अक्षाँश २८ डिग्री १० मिनेट ३०.२८ सेकेण्ड उतरी अक्षाँश रहेको छ । यस्तै जुगल २ मा ६ हजार पाचँ सय १८ मिटरमा ८५ डिग्री ४८ मिनेट ५९.२६ सेकेण्ड पुर्वी देशान्तर छ भने २८ डिग्री १० मिनेट ५३.९१ सेकेण्ड उतरी अक्षाँश छ । जुगल ३ मा अवस्थित ६ हजार १ सय ८४ मिटरमा ८५ डिग्री ४८ मिनेट ४६ .१० सेकेण्ड पुर्वी देशान्तर रहेकोमा २८ डिग्री ०९ मिनेट २९.५४ सेकेण्ड उतरी अक्षाँश रहेको छ भने जुगल ४ को ५ हजार ९ सय ३६ मिटर छ यहाँ ८५ डिग्री ४९ मिनेट ७.३७ सेकेण्ड पुर्वी देशान्तर र २८ डिग्री ०८ मिनेट ४५ .३२ सेकेण्ड उतरी अक्षाँश रहेको छ । ५ हजार ९ सय २२ मिटर रहेको जुगल ५ मा ८५ डिग्री ५१ मिनेट २८.४१ सेकेण्ड पुर्वी देशान्तर छ भने २८ डिग्री ०८ मिनेट ४७.५९ सेकेण्ड उतरी अक्षाँश रहेको छ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको अध्यक्षमा उतm अन्तरक्रिया सम्पन्न भएको हो । सो अन्तरक्रियामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो , गृह मन्त्रालयका उपसचिव फणिन्द्र दाहाल , बरिष्ठ नापी अधिकृत ,नापी विभागका हरिशरण नेपाल , पर्यटन विभागका निर्देशक युवराज खतिवडा , पर्यटन विभागका निर्देशकका सुर्य प्रसाद उपाध्याय , नेपाल पर्वतारोहण संघ अध्यक्ष निमा निरु शेर्पा , पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुली , ट्रेकिङग एजेन्सिज एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल , शाखा अधिकृत पर्यटन विभाग दिपेन्द्र रेग्मी , शाखा अधिकृत पर्यटन विभाग विज्ञान कोईराला ,पर्यटन विभाग सुशिला केसी ,गोपाल गिरी , मिलन तामाङको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्