२०८१ भाद्र २३
                           

चौतारामा चिस्यान केन्द्रको लागी टेन्डर आव्हान

सिन्धुपाल्चोक ,२४ फागुन
चौतारा साँगाचोकगढी नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार संचालित कृषिका कार्यक्रमहरु प्रभावकारी बन्दै गएका छन् । कृषकले उत्पादन गरेको फलफूल तथा तरकारी सुरक्षित भण्डारण गर्न चौतारा साँगाचोकगढी नगरपालिका वडा नं . ४ मा चिस्यान केन्द्र स्थापना गर्नको लागि टेन्डर खोलिएको नगरपालिकाले जनाएको छ ।

फागुन १४ गते खोलिएको उतm ठेक्काको नगरपालिकाले ३० दिने सुचना प्रकाशन गरेको छ । नगर गौरवको योजना अन्तरर्गतको शिर्षक बाट खर्च हुने यो योजना संचालनमा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने नगरपालिका स्रोतले बताएको छ । नगर भित्र उत्पादन हुने आलु मात्र संकलन गरी तीन महिना भण्डारण गर्दा डबल नाफा लिन सकिने नगरपालिका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताउँनुभयो ।

साँगाचोक र चौतारामा रहेको कोल्ड रुम चाडै नै संचालनमा ल्याइ नगरको स्वामित्वमा संचालनमा आएपश्चात किसानको उत्पादन खेर नजाने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनुभयो । बजार तथा चिस्यान केन्द्रको अभावमा किसानका तरकारी तथा फलफूल कुहिएर जाने डरले सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । चिस्यान केन्द्र निमार्ण भएको खण्डमा कृषकले उत्पादन गरेको तरकारी चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सक्नेछन् ।

साथै नयाँ बालिहरुको सम्भाब्यता अध्ययन गर्न सबै वडाका कृषियोग्य जमिनको माटो परिक्षण गर्ने कार्यक्रम संचालनमा ल्याईएको नगर प्रमुख सापकोटाले बताउँनुभयो । विकास निमार्णमा आफु एक्लको प्रयासले मात्र सम्भावना नहुने भन्दै स्थानीय, जनप्रतिनिधि , कर्मचारी लगाएत सबैको सहकार्यमानै सबै क्षेत्रमा विकास र समृद्धि सम्भव हुने भएकाले सबैको साथ सहयोग आवश्यक रहने नगर प्रमुख सापकोटाको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्