२०८१ भाद्र २३
                           

यस वर्षको  प्रगति पत्रकारिता सम्मान थापा,  बुढाथोकी  र  दुलाललाई

चाैतारा २६ फागुन
सिन्धुपाल्चोक जिल्ला मेलम्ची  न पा ११ स्थित जिल्लाकै प्रतिष्ठित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा. वि. ले हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना सम्मानित हुने भएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे  ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा यहि फाल्गुन २७ गते साे सम्मान प्रदान गर्न लागिएकाे।

यस वर्षको  प्रगति पत्रकारिता सम्मान पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, साहित्यतर्फ युवा साहित्यकार  किशमा किशोर बुढाथोकी  र संगिततर्फ लाेकगायक पदम दुलाल सम्मानित हुने भएका छन्।

मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा २७ गते  कार्यक्रम हुने छ।

प्रतिक्रिया दिनुहोस्