२०८१ भाद्र २३
                           

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष, पूर्व अध्यक्ष श्रेष्ठलाई गरियो सम्मान

चौतारा,२६ फागुन

प्रेस सेन्टर नेपालजिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशनबाट सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्मल बस्नेत,उपाध्यक्ष महिला सम्झना कार्की, सचिव अर्जुन शर्मा, सहसचिव सुमित्रा श्रेष्ठ, कोषाध्यक्ष दीलमाया खड्का सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्नश्रेष्ठले जानकारी दिनुभयो । सदस्यमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी हुनुहुन्छ । बैठकले १ सदस्यथ प गर्ने गरी ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको श्रेष्ठले जानकारी दिनुभयो ।निर्वाचित समितिलाई प्रेस सेन्टर नेपालको बाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतमले सपथ ग्रहण गराउनु भएको हो ।

 

अधिवेशनलाई बोल्र्दै नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा रहनुपर्ने धारणा राख्नुभयो ।यस्तै प्रेस सेन्टर नेपालका केन्द्रियअध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले अब पत्रकारहरुले समृद्धि र समाजविकासको लागि के कस्तो भूमिका निभायौं भन्ने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो । नयाँ बनेको कार्यसमितिले सिन्धुपाल्चोकको जनपक्षियपत्रकारिताको उचाईलाई अझअग्ल्याउने विश्वास व्यक्तगर्दै सापकोटाले त्यसको लागि केन्द्रले गर्नुपर्ने साथ सहयोगप्रति सदैव तत्पर रहेको बताउँनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का बागमतीप्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले पत्रकारिता किन गर्ने भन्ने कुरामा पत्रकार स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो।

नेकपा (माओवादी केन्द्र) का बागमतीप्रदेश सचिवालय सदस्य प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का,उपाध्यक्षनिर्मल ज्ञावली, बागमतीप्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठ, केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सिना, प्रेस युनियन सिन्धुपाल्चोकका निरोज चौलागाई, आदिवासीजनजाति पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिवदीपेन्द्र घलेले बधाई तथा शुभकामना दिनुभएको थियो ।

साथैअधिवेशनकै क्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा प्रमुखअतिथि, अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्