२०८१ भाद्र २३
                           

यस वर्षको प्रगति पत्रकारिताबाट भए थापा, बुढाथोकी र दुलाल सम्मानीत

चौतारा,२७ फागुन

सिन्धुपाल्चोक (प्रगति साहित्य सम्मान(२०७९ बाट तीन जना सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्ला मेलम्ची  न पा ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा। वि ले तीन जनालाई सम्मान प्रदान गरेको हो । सम्मान हुनेमा पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, साहित्यतर्फ युवा साहित्यकार किशमा किशोर बुढाथोकी र संगिततर्फ लोकगायक पदम दुलाल सम्मानित भएका हुन्।

साहित्य विधाबाट सम्मानित हुनुभएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेको बिद्यालयले जनाएको छ । बुढाथोकीले कतारमा रहँदा नवोदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यको विकासमा योगदान गर्नुभएको थियो ।

त्यस्तै पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुनुहुन्छ । २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुनुहुन्छ । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध हुनुहुन्छ ।  लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्याएकाले सम्मान गरिएकाे हाे ।बिद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्