२०८१ भाद्र २३
                           

राहत शिक्षक जिल्ला समिति, सिन्धुको अध्यक्षमा सापकोटा

चौतारा ,४ चैत नेपाल राहत शिक्षक जिल्ला समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चाैतारामा सम्पन्न जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गरेको हो ।

उपाध्यक्षमा गुणकेशरी श्रेष्ठ, कमलप्रसाद तिमल्सिना, लालबहादुर डाँगी रहनु भएको छ भने सहअध्यक्ष दयाराम कुसारी चयन हुनु भएको छ ।
त्यस्तै सचिव, कोषाध्यक्षमा निमा प्रधान, कृष्णकुमारी राउत चयन हुनु भएको छ ।
सदस्यहरुमा गोपिनी घतानी, सोमबहादुर ज्योति, लोकहरी न्यौपाने, राजु गुरुङ, चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्