२०८१ मंसिर ६
                           

चाैतारा ५ ले गर्याे वडावासीहरुको आँखा जाँच तथा निशुल्क औषधि वितरण

सिन्धुपाल्चोक ,७चैत
चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ ले साेमबार आयोजना गरेको शिविरमा वडावासीहरुको आँखा जाँच गरि निशुल्क औषधि वितरण गरिएको छ।

बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँ चिकित्सक टोलिको समन्वयमा आँखा शिविर सञ्चालन गरिएको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरबाट १०८ जना लाभान्वित भएका छन् । शिविरमामा १० जना चिकित्सक सहभागीतामा सेवा प्रदान गरिएकाे हाे।याे
टोलिले यस अघि पनि चौताराबासीको घरघरमा नै पुगेर वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्