२०८१ भाद्र २३
                           

मेलम्ची चाैतारा र नवलपुर मेलम्ची जाेड्ने सडककाे कालाेपत्रे गर्न ठेक्का अाह्वान

सिन्धुपाल्चोक ,७ चैत
सम्झना कार्की – सिन्धुपाल्चोककाे मेलम्ची चाैतारा र नवलपुर मेलम्ची जाेड्ने सडककाे कालाेपत्रे गर्न ठेक्का अाह्वान भएको छ ।

धेरै समय पछिको अथक प्रयास र मेहेनतबाट मेलम्चि चौतारा जोड्ने मुख्यसडक खण्ड अन्तर्गत पहिलो चरण नवलपुर मेलम्चि सडक खण्डको सडक कालोपत्रे गर्न ठेक्का आव्हान गरिएको हाे।

साे कामको लागि अनवरत प्रयास र पहल गर्नु हुने बागमति प्रदेशका भौतिक पुर्वाधार मन्त्रि युवराज दुलाल सरदकाे अनवरत प्रयास र पहलमा ठेक्का अाह्वान भएको छ । मन्त्री दुलाल चुनावी वाचाहरु पूरा गर्न निरन्तर रुपमा विकासे याेजनाका साथ अगाडि बढिरहनु भएको छ।

यो महत्पुर्ण सडक सञ्जालले हेलम्वु, पाँचपोखरी ,मेलम्चि, ईन्द्रावति र चौतारा साँगाचोकगढी का जनताले सहजरुपमा यात्रा गर्न र व्यवसाय सञ्चालनगर्न कोसेढुङ्गा सावित हुनेछ।

प्रतिक्रिया दिनुहोस्