२०८१ भाद्र २३
                           

सिन्धु चेली नमूना तामाङले हात पारिन मिस तामाङ वल्ड, भाषा विधाको उपाधि

चौतारा । सिन्धु चेली नमूना तामाङले मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनु भएको छ ।
१८ प्रतिस्पर्धीमध्य सिन्धुृपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १० की २४ वर्षिय तामाङले भारतको सिलगुडीमा सम्पन्न मिस तामाङ वल्ड २०२२ प्रतियोगितामा भाषातर्फ मिस तामाङ ग्युतको टाइटल हात पार्न सफल हुनु भएको हो ।

त्रिचन्द्र कलेज काठमाण्डौंमा माइक्रो बायलोजि दोस्रो वर्षमा अध्ययनरत तामाङको सपना डक्टर बन्ने रहे पनि अध्ययन पश्चात आफू मोडलिङ गर्ने बताउँनु हुन्छ । भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो ।

मिस तामाङ वल्ड फउण्डेशनको आयोजना तथा सिक्किम बुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ बुद्धिष्ट एशोसिएशनको संयोजनमा भएको प्रतियोगितामा तामाङले उपाधीसहित भारु एक लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
नेपालबाट ६, भुटानबाट १ र इण्डियाबाट ११ जना स्पर्धी रहेको सो प्रतियोगितामा भारत सिक्किमकी स्नेहा तामाङले मिस तामाङ वल्ड २०२२ को उपाधी जीत्नु भएको थियो ।

मिस तामाङ ग्युदको विश्व टाइटल विजयी तामाङलाई जुगल गाउँपालिकाले हालै एक कार्यक्रमबीच सम्मान पनि गरिएको छ । तामाङ सिपा तीनघरेस्थित जनता माविका शिक्षक महेन्द्र तामाङकी सुपुत्री हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्