२०८१ भाद्र २३
                           

जुगल गाउँपालिकामा मातृभाषा शिक्षा कार्यक्रम सुरु

सिन्धुपाल्चोक ,११ चैत
सम्झना कार्की- स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सुरु  भएको छ ।शनिवार जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको अध्यक्षता र नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्तामा उद्घाटन गरिएको हो।

मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ यो कार्यक्रमको सुरुवात गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउनुभयो ।जिल्लाका १२ स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका जुगल नै रहेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

 

मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु हो। यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको छ। मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका छन्।
नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।

यहाँ जुगल गाउँपालिका भित्रका छनोटमा परेका विद्मालयमार्फत एक ÷एक जना शिक्षक लगाएतको उपस्थित रहने छन् प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ डा. लोक बहादुर लोप्चन ,टेर्नर प्रतिक तामाङ हुनुहुन्छ । ।सो कार्यक्रम शनिबार ११ गते देखि सुरु भई १५ गते समापन हुने छ ।

जुगल गाउँपालिकाको आयोजना र नेपाल तामाङ घेदुङको सहकार्यमा उक्त मातृभाषा शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो ,नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले,प्रशिक्षक माृभाषाका भाषा विज्ञ डा. लोक बहादुर लोप्चन ,टेर्नर प्रतिक तामाङ ,वडा अध्यक्ष लक्क्षमाण दोङ ,स्थानीय लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्