२०८१ भाद्र २३
                           

अधुरा विकासे योजनामा मन्त्री दुलालको निरन्तर अनुगमन

सिन्धुपाल्चोक ,१२ चैत
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल दर्जनौं विकासे अधुरा योजनाको निरन्तर रुपमा अनुगमन हुनुहुन्छ । गत माघ ११ मा मन्त्री नियुक्त हुनुभएका मन्त्री दुलालले दर्जनौं निर्माणाधीन सडकको अवलोकन गरीरहनुभएको छ । प्रदेशका पहाडी जिल्लामा स्तरोन्नती र कालोपत्रे भइरहेका सडकको निरीक्षण गर्दै धमाधम आवश्यक निर्देशन समेत पनि दिइरहेका छन् ।

सिन्धुपाल्चोक , सिन्धुली, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक ,मकवानवपुर र धादिङ लगायतका प्रदेशभित्रका जिल्लामा भइरहेका विकासे योजनाहरु सडक, पुल लगायतका भौतिक निर्माणका काममा दुलालले चासो बढेको देखिएको छ । निर्माण सुरु गरेर लामो समयदेखि अलपत्र भएका योजनाहरूको निरीक्षणपछि कारबाही र निर्देशनमात्र नभई कतिपय ठाउँमा ठेक्का तोड्ने चेतावनी समेत मन्त्री दुलालले दिनुभएको छ । प्रदेशभित्रका १३ वटै जिल्लाका कार्यालय प्रमुखसहित सरोकारवाला निकाय प्रमुखसँगको छलफलपछि अनुगमन सुरु गरिएको हो।

यसैबिचमा सिन्धुपाल्चोकको मेलम्ची–चौतारा जोड्ने मुख्य सडक अन्तर्गत पहिलो चरणको नवलपुर मेलम्ची सडक खण्डको कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ। जल्केनी नसिंङ डाँडा सडक र भन्ज्याङ डडुवा रोडको स्तरोन्नतीका लागि पनि ठेक्का आह्वान भईसकेको छ ।

मन्त्री दुलालले कहाँ–कहाँ गर्नुभयो अनुगमन?

मन्त्री दुलालले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड भैँसे–भिमफेदी र हुमाने फर्पिङ खण्डको अनुगमन गर्नुभयो साथै मकवानपुरस्थित आमभन्ज्याङ–३ र मकवानपुरगढी–७ जोड्ने निर्माणाधीन १२६ मिटर सामरी पुल , काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको सीमाना पर्ने तालढुंगामा पर्ने पुलको त्यस्तै, सिन्धुपाल्चोकको निर्माणाधीन झ्याँडी–देउराली सडकखण्ड, सिन्धुलीको निर्माणाधीन सिन्धुली–भिमस्थान, चकमके हुँदै कटाहरी जोड्ने पक्की मोटरबाटो रामेछापको मन्थली–गाइखुरे–चिसापानी जोड्ने निर्माणाधीन ७ किमि सडक , धादिङको मनहरी–आदिमघाट मोटरबाटो अनुगमन गर्नुका साथै अनुगमनको क्रममा गजुरी–६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्राविधिक स्टमेट अनुसार नभएको भन्दै तत्काल काम रोक्न समेत उहाँले निर्देशन दिनुभएको छ ।

त्यसैगरी, मन्त्रालयको २० करोड लगानीमा निर्माणाधीन नुवाकोटको बागेश्वरी–उर्लेनी–काल्चे हुँदै माला भञ्ज्याङको ९ किलोमिटर सडक ,सुर्यगढी गाउँपालिका–३ फलाटेमा निर्माणाधीन सडक वाल प्राविधिक अनुकुल नभएको भन्दै तत्काल काम रोक्न समेत मन्त्री दुलालले निर्देशन दिईसक्नुभएको छ । मन्त्री दुलालको निरन्तर अनुगमन र निर्देशनपछि अहिले ठेकेदार कम्पनीहरुले धमाधम काम अघि बढाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्