२०८१ भाद्र २३
                           

नेकपा (माओवादी केन्द्र)चौतारा नगर समितिले गर्यो विद्यार्थी,पत्रकार र शिक्षकलाई सम्मान

सिन्धुपाल्चोक ,१२ चैत

नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढीको नगर समितिले विद्यार्थी, पत्रकार र शिक्षकलाई सम्मान प्रदान गरेको छ । शहीद प्रतिष्ठान चौतारामा शनिबार भएको नगरको पूर्ण बैठकमा स्ववियु निर्वाचनमा चौतारा क्याम्पसबाट सभापतिमा विजयी भएका अमृत श्रेष्ठ र टीम, जुगल बहुमुखी क्याम्पसबाट सभापतिमा विजयी भएका सुदर्शन अर्याल र टीम, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अध्यक्षमा निर्वाचित सुन्दर शिरीष र एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्यमा निर्वाचित बद्रीप्रसाद नेपाललाई सम्मान गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का पोलिट्व्यूरो सदस्य एवम् चौतारा सँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल लगायतले सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गर्दै सम्मान प्रदान गरिएको हो ।

नगर समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले संगठन सुदृढिकरण, नगर समितिको पूर्णता, जनवर्गीय संगठनहरुको भेला गर्ने, घर फर्क अभियान सञ्चालन गर्नेजस्ता महत्वपूर्ण निर्णय गरेको सचिव रोशनराज गिरीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्