२०८१ भाद्र २३
                           

नगरपालिकाद्धारा निशुल्क स्वास्थ्य परिक्षण,२ सय १९ जनाले गराए स्वास्थ्य परिक्षण

चैत १२,चौतारा साँगाचोक गढी नगरपालिकाले निशुल्क स्वास्थ्य परिक्षण गरीरहेका छन् । आज पहिलो दिन वडा नं ८ इर्खू स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर सहित नगर प्रमुख कृष्ण प्रसाद सापकोटा , उपमेयर सिता थापा र वडाअध्यक्ष अमृत दंगालको उपस्थितिमा यहाँका नागरिकको स्वास्थ्य परिक्षण भएको हो । निशुल्क स्वास्थ्य परिक्षण भएको हो । स्वास्थ्य शिविरमा २ सय १९ जना जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण गराएका छन् । उनिहरुमध्य मधुमेह १०, उच्चरक्तचाप भएका १४ देखिएको छ । एक जना क्षय रोगको संकास्पद बिरामी भेटिएको छ ।

यसैगरी ८ जना गर्भवतीको भिडियो एक्सरे , ५ वर्षमुनिका बालबालीकाको तौल र पाखुराको नाप लिएको थियो । स्वास्थ्य परिक्षणकै क्रममा आँखामा समस्या भएका ७९ जनाको परिक्षण भएको थियो । उनिहरुमध्य १० जनालाई मोतिबिन्दु भएको पाइएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । यहि चैत १४ , १५ र १६ गते भित्रमा मोतिबिन्दुको शल्यक्रिया गर्ने पुरीले जानकारी दिनुभयो । यस्तै सोमबार वडा नंं १० जल्केनी स्वास्थ्य चौकी र वडा नं ७ मेलचौर सहरी स्वास्थ्यकेन्द्रमा स्वास्थ्य परिक्षण हुनेभएको छ । सो स्थानहरुमा पाएक पर्नेहरुलाई स्वास्थ्या परिक्षण गराउन नगरपालिले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्