२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा दैनिक ३० भन्दा बढीले बनाउँछन पासपोर्ट,श्रम स्वीकृती लिएर गए वैदेशिक रोजगारमा फागुन महिना सम्म ५ हजार बढी

चौतारा ,१२ चैत
सम्झना कार्की – सिन्धुपाल्चोक जिल्लामा कम्तिमा दैनिक जसो ३० जनाले पासपोर्ट बनाउँने गरेको पाईएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीको लागी बिदेशिने क्रम बढेसङगै जिल्ला प्रशासनमा नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहीको भीड लागेको देख्न सकिन्छ ।

आईतबार चौतारामा सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुसगँ सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा हाल जिल्ला प्रशासनमा दैनिक ३८ जनाले पासपोर्ट बनाउने गरेको (सामी)को तथ्याङमा देखाएको छ । वैदेशिक रोजगारमा जाने उधेश्यले पासपोर्ट बनाउनेको सङख्या लगभग ७० प्रतिशत रहेको आप्रवासन परियोजनाको तथ्याङकमा छ ।

आर्थिक वर्ष २०७८र७९ मा सिन्धुपाल्चोकबाट ६ हजार १ सय ८६ जनाले श्रम स्वीकृती लिए

साथै कार्यक्रममा गत आर्थिक वर्ष २०७८र७९ मा सिन्धुपाल्चोकबाट ६ हजार १ सय ८६ जनाले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमा २ हजार १ सय ७७ महिला र ४ हजार ९ पुरुष रहेको तथ्याङकमा उल्लेख छ ।यस्तै यो चालु आर्थिक वर्ष को फागुन महिना सम्ममा ५ हजार ८ सय ७६ जनाले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा गएको तथ्याङक रहेको छ जसमा १ हजार ६ सय ६२ महिला र ४ हजार २ सय १४ जना पुरुष रहेका छन् ।

वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसका थुप्रै समस्या छन्। देशकै मेरुदण्ड मानिने युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै विडम्बनापूर्ण अवस्था पनि हो । वैदेशिक रोजगारी अल्पकालका लागि उपयुुक्त देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक छैन ।वैदेशिक रोजगारीमा जानेमा पुरुषमात्र होइन, महिला पनि पुरुषसरह जाने गरेका छन् ।

सामी परियोजनाका जिल्ला संयोजक अरुण पौडेलले परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, समेत गर्दै आईरहेकोे बताउँनुभयो । जिल्लाको आप्रवासी श्रोत केन्द्रबाट दैनिक ३० जनाले सुचना तथा परामर्श लिइरहेका संयोजक पौडेलले बताउँनुभयो ।

सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र विभिन्न ठाउँमा सञ्चालन गरिएको र यो कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना दिँदै आइरहेको संयोजक पौडेलको भनाई छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई एक महिने निशुल्क सीप,तालिम

सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्लामा वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोग पनि काम गदै आइरहेको  छ । यस्तै वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई एक महिने निशुल्क सीप,तालिम र सहजीकरण गदै आईरहेको छ ।

हाल वैदेशिक रोजगारीमा सम्झौता गरिएअनुसार पारिश्रमिक नदिने, सुविधाहरू पूर्वसर्त नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्याहरू देखिएका छन् । यस्ता समस्याहरू समाधान गर्नका लागि वैदेशिक रोजगारीमा जानुपुर्व सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियम कानुन, सेवासुविधा ,जुन कामका लागि विदेश जाने हो, सो काम राम्ररी गर्न सक्ने बनेर मात्र जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

दलालहरुमार्फत , लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिनेहरु बढी ठगीमा पर्ने गरेको तथ्याङकमा छ ।सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्य बढी जिम्मेवार बन्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै कुरा राम्ररी जानेर बुझेर मात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ ।

चौतारामा सुरक्षित आप्रवासन परियोजना ९सामी०ले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुसगँ सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम पत्रकार महासंग सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा भएको थियो भने चौतारा सागाँचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्