२०८१ भाद्र २३
                           

बक्तृत्वकला प्रतियोगिातामा श्री कृष्ण रत्न गंगाको सजिना सुवेदी प्रथम

सिन्धुपाल्चोक निर्मल बस्नेत -अखिल(क्रान्तिकारी) चौतारा साँचोकगढी नगर समितिको आयोजानामा भएको संघियता स्थापनामा जनुद्धको भूमिका विषयक नगरस्तरीय बक्तृत्वकला प्रतियोगिातामा श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा सजिना सुवेदी प्रथम भएकी छिन् । नगरभित्रको कक्षा १२ सम्म अध्ययापन गराईने विद्यालयहरुको विद्यार्थी सहभागि गराई प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा सेतिदेवी माध्यमिक बिद्यालय स्याउलेका सलिना श्रेष्ठ द्धितीय, जनजागृति माध्यमिक विद्यालयका अनिशा सुनार तृतीय, सेतीदेवी मावि ठूलोसिरुवारीको रबिना चौलागाई चतुर्थ र डडुवा भवानीशंकर माविका छात्र अनिल अर्याल पाचौ हुन सफल भएका छन् । सहभागि प्रतियोगिहरुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक गोबिन्द पराजुली , अखिल(क्रान्तिकारी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मिलन लामाले प्रमाणपत्र र खादाद्धारा सम्मान गरि नगद पुरस्कार प्रदान गरिएको थियो ।

उक्त प्रतियोगिताको मूल्याङ्कन सेतिदेबी पञ्चकन्या माविका शिक्षक बिल बहादुर रायमाझी, प्रगतिशील लेखक संघ नेपाल सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेत र डडुवा भवानी शंकर माविका शिक्षक कृष्णप्रसाद अधिकारीले गरेका थिए । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष र नेकपा (माओवादी केन्द्र) नगर समितिका उपाध्यक्ष तारा रानाले जनयुद्धको चर्चा गर्दै बिद्यार्थीहरुलाई सामाजिक उत्प्रेरणा सहित व्यक्तित्व र नेतृत्व विकासको कामना गरेका थिए ।

क्रन्तिकारीको नगर अध्यक्ष तथा चौतारा बहुमुखी क्याम्पसका स्वबियु सभापति अमृत श्रेष्ठको सभापतित्व र सचिव सुप्रिन्स कसजुको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सचिव सुवास गौतम, जुगल बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदर्शन अर्याल र स्ववियु पदाधिकारी साथै शिक्षक विद्यार्थीहरुको सहभागितामा उत्साहपूर्वक रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्