२०८१ मंसिर ७
                           

प्रेस सेन्टरले दियाे नगरभरीका ४४ जना विद्यार्थीलाई पत्रकारिता तालिम

सिन्धुपाल्चोक ,१७ चैत्र
उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा गरिएको छ । शुक्रबार प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले नयाँ पत्रकार उत्पादनकाे लागि तालिम संचालन गरेकाे हाे।
नगरभरीका ४४ जना तालिममा सहभागि रहेकाे प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका अध्यक्ष सुन्दर शिरिषले बताउँनुभयाे। पुरानाहरुले पत्रकारीता छाडदै गएकाले नयाँ उत्पादन गर्न तालिमकाे आयाेजना गरिएकाे अध्यक्ष शिरिषले भन्नुभयो ।

साे तालिमकाे उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको हाे । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सापकोटाले नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गर्नुभयाे।

साथै तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना दिनुभयाे ।

यस्तै साेहि कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गर्नुभयाे।

उहाले सहभागि मध्ये १० प्रतिशत सक्रिय पत्रकारीता अाए आफुले महासंघको तर्फबाट सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । याे तालिम चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेग र प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोककाे अायाेवनामा सञ्चालन गरिएको हाे ।

साथै प्रेस सेन्टर नेपाल चौतारा साँगाचोकगढी नगर समितिको अध्यक्षमा रोशन भुजेल चयन भएका छन् । जनपक्षीय पत्रकारहरुको भेलाबाट भुजेलको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्माण गरिएको हो । भेलाले उपाध्यक्षमा रुपक दुलाल, सविना कार्की, सचिवमा विक्रम भट्टराई, सह–सचिवमा लक्ष्मी नेपाल र कोषाध्यक्षमा सम्झना थापालाई सर्वसम्मत् चयन गरिएको निर्वाचन समितिका सदस्य एवम् चौतारा क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठले जानकारी दििनुभयाे।

त्यस्तै सदस्यहरुमा मुना श्रेष्ठ, नमूना श्रेष्ठ, पवित्रा दुलाल, जेनिषा नेपाल, रविना चौलागाई, मणिला लामा, गंगा केसी र दीपा सापकोटा चयन भएका छन् ।

‌ ।

प्रतिक्रिया दिनुहोस्