२०८१ भाद्र २३
                           

वैशाख १८ देखि पुर्णरुपमा खुल्ने भयो तातोपानी नाका

सिन्धुपालचोक ,चैत १९- नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाका वैशाख १८ देखि पुर्णरुपमा सञ्चालन हुने भएको छ । कहिले बन्द त खुल्दै आएको उत्तरी तातोपानी नाका अन्ततः पूर्णरुपले सञ्चालनमा आउने भएको हो ।

२०७२ सालको भूकम्प, त्यस लगत्तै आएको भोटेकोसी बाढी र पछिल्लोपटक कोरोना महामारीका कारण उतारी ब्यापारीक नाका तातोपानी कहिले खुल्ने त कहिले बन्द हुँदै आएको छ । कोरोना महामारीको संक्रमण घटेसँगै चीन सरकार नाका पूर्ववत् रुपमा नै सञ्चालन गर्न तयार भएको हो ।

दुई पक्षबीच भएको छलफलपछि नेपाली बाणिज्य महादुतावासले जारी गरेको बिज्ञप्तिमा दुबै पक्ष तातोपानी र केरुङ नाका सञ्चालनमा सहमति भएको उल्लेख गरिएको छ ।तिब्बतको ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले वार्ता टोलीको नेतृत्व गरेका थिए ।

सो बैठकमा सीमा पारी व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्