२०८१ भाद्र २३
                           

आगामी शैक्षिक सत्रदेखि सुनकोसी भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने

खाडीचौर -सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो । गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

गाउँपालिका भित्र रहेको सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय पाठ्यक्रम लागु हुने सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । सुनकोशी गाउँपालिकामा एक निजी सहित ३३ विद्यालयहरु रहेका छन् । स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ ।

स्थानीय पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिका भित्रका सस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मीत सम्पदा, घरेलु उद्योग,पशुपन्छी, माछापालन, हाम्रा पेशा व्यावसाय लगायतका नौ विषयबस्तुहरु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धी, विषय क्षेत्रगत कार्यघण्टा, विषय बस्तुको विस्तृतिकरण सिकाइ सहजिकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधी, विद्यार्थी मुल्यांकन लगायतका विषयबस्तुहरु समेटिएका छन् ।

स्थानीय पाठ्यक्रम लागु भएर कक्षा ८ सम्मको अध्ययन पुरा हुदा सबै विद्यार्थीहरुले गाउँपालिका भित्रको सम्पुर्ण जानकारी प्राप्त गर्न सक्षम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनु भयो । पाठ्यक्रम निर्माण कार्यदलले हस्तान्तरण गरेको पाठ्यक्रम गाउँ शिक्षा समितिबाट तत्कालै अनुमोदन गरेर कार्यन्वयनमा ल्याइने अधिकृत दुलालले जानकारी दिनु भयो ।बिसौनी

प्रतिक्रिया दिनुहोस्