२०८१ भाद्र २३
                           

जुगलको टिसर्टसहित मानव कंकाल फेला

सिन्धुपाल्चोक २३चैत

कालिञ्चोक गाउँपालिका वडा नं. १ को ३ हजार मिटरको उचाईमा पर्ने भैसे पात्लेखोलाको शिरमा बेवारिसे अवस्थामा मानव कङ्काल भेटिएको छ।दोलखाको कालिन्चोकमा मानव कङ्काल फेला परेको हाे ।

मानव कङ्कालसंगै सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित रत्न राज्य मा.वि. चनौटेको टिसर्ट पनि फेला पारेको छ ।

मानव कङ्काललाई पोष्ट्मर्टमका लागि चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार रत्नराज्य मावि, जुगल गाउँपालिका ५ चनाैटे, सिन्धुपापाल्चाेक लेखिएको नीलो रंगको टिर्सट र पानीबुट पनि कंकालसँगै भेटिएको छ ।

(फोटो ः जन्मभूमि पोष्ट)

प्रतिक्रिया दिनुहोस्