२०८१ भाद्र २३
                           

विकास निमार्णको काममा मन्त्री दुलालको अनुगमन जारी

सिन्धुपाल्चोक २४ चैत
विकास निमार्णको काममा भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल सरदको अनुगमन जारी छ । शुक्रबार काभ्रेपलान्चोक जिल्ला मण्डन देउपुर नगरपालिका अन्तरर्गत कुन्ताबेशी,नयाँगाँउ हुँदै पर्यटकीय स्थल नगरकोट जोडने १८ कि।मि निर्माणाधीन पक्की सडकको मन्त्री दुलाले स्थलगत अनुगमन गर्नु भएको छ।

अनुगमनको क्रममा कामको तिब्रतालाइ कायमै राख्न र क्वालिटी साथै समयमै सम्पन्न गर्न सम्बन्धीत निर्माण ब्याबसायीलाई निर्देशन समेत दिनुभएको छ। उक्त निर्माणाधीन पक्की सडक बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको लागतमा बनिरहेको छ ।

बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने काम सुरु भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्