२०८१ भाद्र २३
                           

जुगल खबरका अध्यक्ष कसजु जनमत जनक प्रधान सेवा सम्मानबाट सम्मानित  

सिन्धुपाल्चोक ,२५ चैत
पत्रकार तथा साहित्यकार सुरेश कसजु सम्मानित हुनु भएको छ ।जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको हो ।


जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार तथा प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो । दु:खी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन र संरक्षणको भूमिकामा कसजू लामो समयदेखि समर्पित हुनुहुन्छ ।


गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजुको सम्पादकत्वमा हाल सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाईन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, दीपा जनमत सम्मान , भगवती अर्याल, नवलपुर गणएश / खिलकुमारी दुवाल जनमत सम्मान, रामकुमार पाँडे ललितपुर, हृदयचन्द्र – जनमत वरिष्ठ साधक सम्मान सुमित्रा सुमी, नुवाकोट केवलपुरे – जनमत सम्मान लगायत २८ जना श्रष्टा विभिन्न सम्मानबाट सम्मानित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्