२०८१ भाद्र २३
                           

शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम साँगाचोक सकियो

साँगाचोक । समावेशी शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्गता भएका बालबालिकालाई बिधालयको पहुँच बढाउँदै समाबेशी शिक्षालाई ब्यवस्थित गर्ने उदेश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ, सिन्धुपाल्चोकको आयोजना र सम नेपाल काठमाडौको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

जनजागृती मावी साँगाचोकमा भएको कार्यक्रममा १४ जना शिक्षक/शिक्षिकाको उपस्थित रहेको संघकी अध्यक्ष जानकी श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सम नेपालकी सुशीला श्रेष्ठले अपाङ्गताका पहिचान, प्रकार, कारण, पुनर्स्थापना र समावेशी शिक्षा र चुनौति विषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्