२०८१ भाद्र २३
                           

बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चारग्राम बन्ने

सिन्धुपाल्चोक -बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चारग्राम बन्ने भएको छ ।सञ्चारग्राम निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भएपछि सुविधा सम्पन्न सञ्चारग्राम निर्माण हुन लागेको हो ।सञ्चारग्राम निर्माणका लागि बागमती सरकारले गत वर्ष विनियोजन गरेको रु ५ करोड रकम जग्गा अभावका कारण फ्रिज भएको थियो ।

चालु वर्षपनि पनि जग्गा व्यवस्थापन नभएकै कारण एक करोड बजेट खर्च हुन नसकेको अवस्थामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रस्तावित निर्माणस्थल (हेटौंडा) को थाना भर्‍याङको आइतबार स्थलगत निरिक्षण गरि जग्गासमेत सुनिश्चित गर्नुभयो ।

अनुगमनपछि मुख्यमन्त्री कट्टेल र मन्त्रि श्रेष्ठले सरकारी स्वामित्वमा रहेको ८ कट्ठा जग्गा छुट्याएर भवन निर्माणका लागि बहुवर्षिय ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । निर्देशनसँगै हेटौंडाको थाना भर्‍याङमा करिव ५ करोडको लागतमा सञ्चारग्रामको भवन बन्ने बाटो खुलेको हो ।

 

प्रतिक्रिया दिनुहोस्