२०८१ भाद्र २३
                           

१० नम्बर वडा शिखरपुरको प्रशासनिक भवनको गरियो उद्घाटन

सिन्धुपाल्चोक ,२७ चैत-मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन भएको छ । सोमबार मेलम्ची नगरपालिका मेयर आइतमान तामाङले उद्घाटन गर्नुभएको हो ।

सो उद्घाटन कार्यक्रममा सम्बोधन गदै मेयर तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताउँनु भयो । साथै सेवालाई चुस्त बनाउन र कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने उहाँको भनाई छ ।

सोहि कार्यक्रमका बोल्दै सभापति तथा वडा नम्बर १०का वडा अध्यक्ष अमृत खनालले चुनावका प्रतिबद्धता अनुसार आफुले काम गरिरहेको बताउँदै थप विकाश निमार्णका काम र सेवा सहज बनाउन आफु सदैव लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्