२०८१ भाद्र २३
                           

नाका पूर्णरुपमा खुलाउन तयारीको लागी एक साता बन्द

सिन्धुपाल्चोक २७ चैत – उत्तरी तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द गरीएको छ । नाका पूर्णरुपमा सञ्चालनको तयारीको लागी बन्द गरीएको । आउँदो मे १ तारिखबाट दुईतर्फीरुपमा नै सञ्चालन गर्नका लागि थप ब्यबस्थित गर्न तातोपानी नाका एक साताका लागि बन्द हुने छ ।

हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ। तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्