२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकका युवा व्यावसायिहरुले ल्याए युपिभिसी उद्योग संचालनमा

सुरेस तिमल्सिना

काठमाडौं , चैत २८ । सिन्धुपाल्चोकका व्यावसायिहरुलेको संयोजकत्वमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित सल्लाघारी नजिकै एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ प्राइभेट लिमिटेड उद्योग संचालनमा आएको छ ।

सिन्धुपाल्चोक स्थित बाह्रबिसे नगरपालिकाका–४ का पूराना राजनैतिक नेता अर्थलाल श्रेष्ठ , सोही नगरपालिका –९ राम्चेका राजनैतिक नेताएवम् सामाजिक अभियान्ता  सुन्दर लामा, कुञ्जराम श्रेष्ठ र मिना लामाको लगानीमा चैत २५ गतेबाट उक्त उद्योग संचालन भएको छ ।

स्वदेशमा नै केही गर्नुपर्छ र आफू आफैमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मुख्य उदेश्यका साथ संचालना आएको उक्त उद्योगको उद्घाटन एमाले नेता अरुण नेपालले गर्नुभएको थियो ।  उक्त उद्योगमा युपिभिसीका जस्तापाता, झयाल्ढोका , पाटेशन , आल्मुनियम ग्लास, ट्रस , युपिभिसी रुपिङ सिट निमार्ण गरिने जनाइएको छ ।

बिभिन्न होटल , रेस्टुरेन्ट , बिद्यालय  घर निमार्णमा उक्त उद्योगले सस्तो , सुलभ मूल्यमा यूपिभिसीका सामान बिक्री वितरण प्रारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्