चौतारा ,२८ चैत -सम्झना कार्की – बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा पुनः रेवती सापकोटा नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय बाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको हो ।
सरकारले स्थापना गरेको सञ्चार रजिस्ट्रारको कार्यलयमा रजिस्ट्रारको रुपमा नियुतm हुनुभएका सापकोटा सिन्धुपाल्चोककोचौतारा सागाँचोकगढी नगरपालिकामा जन्मिनु भएका उहाँ लामो समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
उहाको क्षेत्रबाट सञ्चार क्षेत्रलाई व्यवस्थापन‚ प्रवर्धन र सबल बनाउन उहाको भूमिका निकै प्रशंसनीय छ। उहाँको चारवर्षे कार्यकाल निकै उत्कृष्ट रमेत रहेको थियो । फेरी सापकोटा ५ वर्षे कार्यकालका लागी नियुक्त हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्