२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकबाट विभूषित हुनेहरुमा देहावसान भएका २ जनासहित ८ जना पर्न सफल

सिन्धुपाल्चोक ,२९चैत- सरकारले बर्स्यौनी प्रदान गर्दै आइरहेको विभूषणबाट यो बर्ष सिन्धुपाल्चोकका ९ जना विभूषित हुने भएका छन् । मृत्यु पश्चात् विभूषित हुनेहरुमा मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर स्व सतिशकुमार गोइत र खानेपानी आयोजनाकै स्व राधाकृष्ण थापामगर रहेका छन् । गोइत र थापामगर झण्डै २ बर्ष अगाडि मेलम्ची खानेपानी सुरुङको गेट फुट्दा आएको बाढीमा परि निधन भएको थियो ।

गोइत प्रवल जनसेवाश्री र थापामगर जनसेवाश्रीबाट विभूषित हुँदैछन । त्यस्तै गोरखबक्स गण, चौताराका पूर्व प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ, आलू विकास केन्द्र निगालेका वरिष्ठ अधिकृत बिजयकुमार गिरी, मेलम्ची खानेपानीका सिनियर डिभिजन ईन्जिनियर पदमबहादुर कुँवर र बलेफीका व्यवसायी भारतप्रसाद पराजुली पनि प्रवल जनसेवाश्रीबाट विभूषित हुँदैछन ।

गायिका सुनिता दुलाल, सुनकोसीका व्यवसायी राजु कार्की जनसेवाश्रीबाट र गोरखबक्स गणका अमल्दार छविलाल सुनार विरता पदकबाट विभूषित हुँदैछन् ।विभूषित हुनेहरुलाई बैशाख १ गते विहान ११ बजेबाट राष्ट्रपतिको कार्यालय शीतल निवासमा विभूषित गरिने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्