२०८१ मंसिर १८
                           

मेलम्ची नगरकाे ७ न.पहिलाे बालमैत्रि वडा घाेषणा भयाे

सिन्धुपाल्चोक ,२९चैत
जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई पहिलाे बालमैत्री वडा घोषणा गरिएको छ ।बुधबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गरेकाे उहाँले बताउनुभयो ।

बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख अनुसार याे वडाले पूरा गरेकाे बताईएको छ । यो वडा जिल्लाको दोस्रो तथा मेलम्चीको पहिलो बालमैत्री वडाको रुपमा घोषणा भएको हाे।मेलम्ची नगरपालिकाको क्रमस ५ र ८ र सबै १३ वटै वडा बालमैत्री वडा घोषणा गरिने याेजना छ ।

प्रतिक्रिया दिनुहोस्