२०८१ मंसिर ६
                           

सञ्चार रजिष्टार सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

सिन्धुपाल्चोक ,३ वैशाख
बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उहाँले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिनुभएको हो ।

सापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सञ्चार रजिष्ट्रारको कार्यालयलाई संघीय सरकारले सुन्नु पर्ने, अन्य ६ वटा प्रदेशले सिक्नु पर्ने, सेवाग्राहीले अनुभुत गर्न सक्ने र बागमती प्रदेशले गर्व गर्न सक्ने अवस्था सिर्जना गराइएको रजिष्टार सापकोटाको भनाई थियो ।

नयाँ संविधान निर्माण पछि संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशको पहिलो सञ्चार रजिष्टारका रुपमा चार बर्ष विताएका उनले उदाहरणीय काम गरेपछि प्रदेश सरकारले पुनः उनलाई रजिष्टारका रुपमा नियुक्त गरेको हो । गत हप्ता बसेको बागमति मन्त्रिपरिषदको बैठकले सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सापकोटा सिन्धुपाल्चोककोचौतारा सागाँचोकगढी नगरपालिकामा जन्मिनु भएका उहाँ लामो समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।उहाको क्षेत्रबाट सञ्चार क्षेत्रलाई व्यवस्थापन‚ प्रवर्धन र सबल बनाउन उहाको भूमिका निकै प्रशंसनीय छ। उहाँको चारवर्षे कार्यकाल निकै उत्कृष्ट रमेत रहेको थियो । र फेरी सापकोटा ५ वर्षे कार्यकालका लागी बागमती प्रदेशका सञ्चार रजिष्टारमा आउँनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्