२०८१ मंसिर ७
                           

किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम

सिन्धुपाल्चोक ,५ वैशाख
किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत तालिम मेलम्चीमा दिईएको छ । मंलबार मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आत्मरक्षाको तालिम लिइसकेपछि समाजमा फाइदा पुग्ने र आफु सँगै समाजका अन्य बालबालिकाहरुमा सुरक्षीत छु भन्ने महशुस गराउने बताउँनुभयो ।

साथै बालबालिका संग सम्बन्धी बिबिध ज्ञान प्राप्त होस् भन्नका लागि तालीम दिइएको बताउँदै आफ्नो बानि व्यबहार र आचरणमा समेत परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ ।

नगर बालसञ्जालकी अध्यक्ष सरिता नेपालीले अगाडी बढ्का लागि अरुको भर पर्ने भन्दापनि आफुमा एउटा इच्छा ,सङ्कल्प,योजना चाहिने बताउनुभयो । नगरबालसञ्जालको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा १३ वटै वडाका किशोरकिशोरीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्