२०८१ भाद्र २३
                           

सभापति लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था बुझ्न सांसद बस्नेत पुगे चितवन

सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत चितवन पुग्नु भयो । सोमबार चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगेर उपचाररत थापाको साँसद बस्नेतले स्वास्थ्यस्थिति बुझ्ननु भएको छ । सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोे छ ।

उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता पनि सांसद बस्नेतले जाहेर गरेको मोहनबहादुर बस्नेत सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेका सवारी चालक रहेका थापा हिजो सोमबार विहान सभापति लामिछानेको निवासस्थित तीन तल्ला माथि छतबाट खसेर घाइते हुनु भएको थियो । घाइते भएका चालक थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्