सिन्धुपाल्चोक ,६बैशाख
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ नं वडा कार्यलय मार्मिङका स्थानीयहरुले मुख्यतय छ्याँदी , साक्टापाट फराङगा र थामिलाङ गाउँहरुमा गोरेटो बाटो संगै मोटर बाटोको समस्या रहेको बताएका छन् । बाटोको सुविधा नभएका कारण एक गाउँबाट अर्को गाउँ पुग्न निकै कठिनाई भइरहेको टिक्पा शेर्पाले बताउँनुभयो । उहाले भन्नुभयो वर्खामा पहिरो आउँछ बाटो बन्द हुन्छ । हामिलाई बाटोको साह्रै समस्या छ । वर्खामा खोला पनि बढ्छ ।
यस्तै समस्या थामिलाङ गाउँमा पनि छ । करिव २१ घरधुरी गोरेटो बाटोमा पहिरो खस्ने कारण समस्यामा परेको बिपी तामाङले सुनाउनुभयो । उनिहरुले भोगिरहेका बाटोको समस्या पहिचान गरेर गाउँपालिकाले सहजीकरण गरिदिने गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले प्रतिबद्धता जनाउँनुभएको छ । वडा नं ५ का केहि नागरिक खानेपानिको पहुचभन्दा बाहिर रहेको पनि भेटिएको छ । यस्तै मैते विकले कामी टोलका ३५ घर धुरीले खानेपानिका लागि पधेरो धाउनुपर्ने बताउँनुभयो । पानिको समस्या वर्षौदेखि झेलदै आएको सुनाउदै नव निवार्चित जनप्रतिनिधिले समाधान गरिदिने आशा रहेको बताउनुभयो । यस्तै समस्या अर्को गाउँमा पनि छ । दाप्चेन शेर्पाका अनुसार साङटापाट गाउँमा १९ घरधुरीलाई खानेपानि पाएपको अभाव भएको छ ।
नेपाल सरकारको एक घर एक धारा अभियान भएपनि आफ्नो गाउँमा खानेपानिका लागि अनेकन दुख सहनुपरेको स्थानियले गुनासो पोखेका छन् । पालिका अध्यक्ष शेर्पाले भने ̎ यो गाउँमा पानिको समस्या बारे जानकारी थिएन । अब छिटै खानेपानिको समस्या समाधान हुन्छ । ʺ यहाँ स्थानियले आफ्नो गाउँको समस्या उठान गर्दै समाधान गरिदिन माग गरेका छन् । वडा ५ का अध्यक्ष दावा तेम्बा तामाङले जनताका समस्यालाई विस्तारै समाधान गर्दै जाने बताउनुभयो । डियो सिन्धुले सहजीकरण गरेको भोटेकोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीयले सो समस्या सुनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्