सिन्धुपाल्चोक ,९वैशाख
नेपाल भारत मैत्री संघ काभ्रे शाखा गठन तथा कार्यालय उद्घाटनको अवसरमा मण्डन देउपुर नगरपालिका ६ सिपाघाटमा आयोजित रक्तदान कार्यक्रममा ५४जनाले रक्तदान गरेका छन ।
शनिबार नेपाल भारत मैत्री संघ काभ्रे शाखाको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा बृहत् रक्तदान कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिष्णुमणी नेपाल, वडा नम्बर ६ का अध्यक्ष सोमप्रसाद ढकाल लगायत , स्थानीय , शिक्षक, कर्मचारी लगायत ५४ जनाले रक्तदान गरेको स्थानीय रमेश ढकालले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्