२०८१ भाद्र २३
                           

भ्रष्टाचार मनोवैज्ञानिक रोग हो : सांसद सापकोटा

१२ वैशाख, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले भ्रष्टाचार मनोवैज्ञानिक रोग भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा मंगलबार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफलमा भाग लिंदै उनले भ्रष्टाचार मानसिकतामा विकास भएको जटिलता भएको समस्या रहेको चर्चा गदै त्यहीँबाट समाधान खोज्नुपर्ने तर्क गरे । उनले भने ‘भ्रष्टाचार खासगरिकन एउटा मनोवैज्ञानिक रोग हो र मानसिकतामा विकास भएको जटिलता हो, समस्या हो। त्यहीँबाट हामीले समाधान खोज्नुपर्दछ।’

सापकोटाको सम्बोधनको पूर्णपाठ ‘सम्माननिय सभामुख महोदय, एकजना राजनीतिक नेता मन्त्री भएपछि, विद्वान मित्र वकिलमा नियुक्त भएर सार्वजनिक सुनुवाइको वैठकमा गएपछि र सचिव सरुवा भएर बढुवा भएर मन्त्रालयमा आएपछि सबैले एउटै भाषामा भन्ने गरेको कुरा हो भ्रष्टाचारलाई रोक्छु तर त्यो रोकिदैन तर त्यो शैली र भाष्यहरुले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुर्याइरहेको छ, यो मेरो दावी हो र हाम्रो देशमा कानुनको अभावको कारण भ्रष्टाचार भएको होइन। रोमका एकजना बुद्धिजिवी एनान्सले भनेका रछन ‘जति धेरै राज्यहरु भ्रष्ट हुन्छ त्यति धेरै कानुनहरु निर्माण गरिन्छ र बहस गरिन्छ।’

ठ्याक्कै यो हाम्रो जीवन व्यवहारमा लागु भैरहेको छ। संविधानको धारा ५१ मा राज्यका नितीहरु, ५१ को ख को ४ मा सेवा सुविधामा समान, सहज र पहुँचताको कुरा ब्याख्या गरिएको छ तर अहिले हामीकहाँ भ्रष्टाचार भनेको चै आर्थिकजन्य अपराध र क्रियाकलापलाई मात्रै इङ्गित गरिने वा बुझिने भाष्यका रुपमा विकास भएको छ । म त्यो कुरासंग सहमत छैन। त्यो मात्र कुरा हैन, भ्रष्टाचार खासगरिकन एउटा मनोवैज्ञानिक रोग हो र मानसिकतामा विकास भएको जटिलता हो, समस्या हो। त्यहीँबाट हामीले समाधान खोज्नुपर्दछ। त्यसैले पदको जिम्मेवारी दिएपछि उसको मानसिक र भौतिक श्रम राज्यले या निकायले वा निजी क्षेत्रले लिएपछि उसको श्रमको उचित ज्यालाको ब्यवस्था राज्यले गर्नुपर्छ । अहिले ज जसले भ्रष्टाचार गरेका छन्, राज्यले उचित ढंगको ज्याला पारिश्रमिकको ब्यवस्था नगर्दापनि भ्रष्टाचार भएका छन ।

यसको पनि उत्तिकै बहस हुनुपर्छ, ध्यानाकर्षण हुनुपर्छ। कर्मचारीहरुको बजारको महँगी बढे अनुसार वा अरुको सोहीअनुसारको पारिश्रमिकको व्यवस्था भएको छैन। यस हिसाबले यसको पनि बहस उत्तिकै हुनुपर्दछ र अर्को कुरा भ्रष्टाचार गर्नेहरु बढो बहादुर भए जस्तो र जसले सदाचारको कुरा गर्छ उ निरिह हुनुपर्ने स्थिति छ। त्यसैले मलाई के लाग्दछ भने हामी समाजलाई सशक्तीकरण गर्ने, सामाजिक जागरणमा लैजाने, नागरिकहरुलाई सशक्त बनाउने र यस्तो बनाउने भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कारको तहमा लैजाने गरिकन युवाक्लबहरुलाई, आमासमुहहरुलाई, विभिन्न प्रकारका सामाजिक चरित्र बोकेकाहरुलाई संघसङ्ग्स्थाहरुलाई जागरुक र आन्दोलित गर्ने र उनिहरुले ठाउँठाउँमा थुतेर कारबाही गर्ने प्रकारको व्यबस्था गरियो भने रोक्न सकिन्छ। यसकारण नियमन गर्दै नियन्त्रणका लागी लागौं।’

प्रतिक्रिया दिनुहोस्