२०८१ भाद्र २३
                           

मेलम्चीलाई एक थान एम्बुलेन्स हस्तान्तरण

सिन्धुपाल्चोक ,१५ वैशाख

मेलम्ची नगर अस्पताल मेलम्चीलाई एक थान अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद मोहन बहादुर बस्नेतको उपस्थितीमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अस्पतालको भौतिक अवस्था जिर्ण रहेको जानकारी गराउँदै प्रदेश र संघिय सरकारलाई अस्पतालको भौतिक संरचनाको संरक्षणका लागी अनुरोध गर्नुभएको छ ।

उहाँले आफ्नो कार्यकालमा छापभञ्ज्याई फट्केश्वर सडक, मेलम्ची हेलम्बु सडक, लगायतका सडक कालोपत्रे गर्नुका साथै मेलम्ची क्षेत्र समृद्व बनाउन लागि पर्ने बताउनुभयो । बाढीग्रस्त मेलम्ची क्षेत्रमा भौतिक संरचना देखि सबै क्षेत्र प्रभावित रहेको र उक्त क्षेत्रको उत्थान गर्न नगरले काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्