२०८१ भाद्र २३
                           

समाजवादी बलेफीको अध्यक्षमा श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बलेफीको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । एकीकृत समाजवादी बलेफी गाउँपालिकाद्वारा आयोजित भेला तथा बैठकले श्रेष्ठलाई चयन गरेको हो ।

शनिबार बलेफीमा आयोजित भेलाले उपाध्यक्षमा सिरुपाते तामाङ्ग र इच्छाराम तामाङ्गलाई चयन गरेको छ भने सचिबमा गोविन्दकाजि नेपाल चयन भएका छन् । भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको बागमती प्रदेश सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकि उपमेयर सीता थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्