२०८१ भाद्र २३
                           

सूचना, सञ्चार तथा प्रविधि दिवस सिन्धुपाल्चोकमा पनि मनाईयो

 

सिन्धुपाल्चोक ,१९ वैशाख
सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नाराका साथ आज सूचना, सञ्चार तथा प्रविधि दिवस मूलुकभरि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सिन्धुपाल्चोक जिल्लामा पनि कम्प्युटर एशोसिएशन अफ नेपाल ९क्यान ० सिन्धुपाल्चोकले सदरमूकाम चौतारामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको प्राङ्गनबाट सुरु भएको प्रभातफेरि चौतारा बजार हुँदै शहीदचोकक परिक्रममा पछि विद्यालय प्राङ्गनमा नै पुगेर संक्षिप्त सभासहित समापन भएको थियो ।

सभामा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सूचना प्रविधिबाट जीवनयापनमा मात्र नभइ कार्य सम्पादनमा पनि सहजता र सरलतासँगै मितव्ययिता आएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै क्षमता र सीपलाई विकास गर्नुपर्ने धारणा राख्नु भयो ।

क्यानका केन्द्रीय लेखा संयोजक प्रभात श्रेष्ठले सूचना प्रविधिका सकारात्मक र नकारात्मक पक्षको बारेमा चर्चा गर्नुभयो ।
विद्यालयका विद्यार्थी र सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रमको दिलबहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो भने हरिचन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्