२०८१ भाद्र २३
                           

मन्त्री दुलालको अनुगमन

सिन्धुपाल्चोक ,१९ वैशाख

सिन्धुपाल्चोकको चौतारा कार्तिके साखु हुदै काठमाडौं जोडने छोटो दुरिको सडक खन्ड मध्य निर्माण सम्पन्न हुन बाकी झ्याडि ज्यामिरेमाने हुदै देउरालि सडक खण्डको भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालले स्थलगत अनुगमन गर्नु भएको छ।


काम दु्रर्त गतिमा नभएको,कामको गुणस्तरियतामा ख्याल नगरिएको भन्ने जन गुनासो आए पछि पुन दोहोराएर मन्त्री दुलालले अनुगमन गर्नुभएको हो ।अनुगमनको क्रममा कामको तिब्रतालाइ कायमै राख्न र कामको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्न सम्बन्धीत निर्माण ब्याबसायीलाई मन्त्री दुलालले कडा निर्देशन दिनुभएको छ । मन्त्री दुलालले समयमै काम सम्पन्न नभए ठेक्का सझौता समेत रद्द गर्न मातहतको कार्यलयलाइ निर्देशन दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्