२०८१ भाद्र २३
                           

सांसद मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ । बस्नेत सँगै कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ।
नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले बुधवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वाथ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले अहिलेसम्म नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । तर अहिलेसम्म पनि सरकारले पूर्णता पाएको छैन । अझै पनि खानेपानी मन्त्रालय मन्त्रिविहीन छ ।

प्रतिक्रिया दिनुहोस्