२०८१ भाद्र २३
                           

महेन्द्रद्वयले बुझायाे संसदलाई गुरुयोजना

निर्मल बस्नेत
२३ बैशाख २०८०) थुम्पाखर – महेन्द्रद्वय माध्यमिक बिद्यालय सुनकाेशी गाउँपालिका -६ पाटीडाँडाले सिन्धुपाल्चोक संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद माधवप्रसाद सापकोटालाई १६ बुधे गुरुयोजना बुझाएका छन् । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम बहादुर पाख्रिनले सांसद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।


गुरुयाेजना बुझ्दै सांसद सापकोटाले संघिय शिक्षा ऐन व्यवस्था गर्नका लागि आफू लागिपरेको बताए । उनले शिक्षामा नयाँ पन दिन सम्बद्घ पक्षहरूसँग छलफल भईरहेकाे समेत जानकारी गराए । समग्र समस्याहरुकाे समाधान शिक्षा ऐनले मात्र सम्भव रहेकाेले साेकाे लागि रचनात्मक सहयाेगकाे खाँचाे रहेकाे छ । बिद्यालयकाे गुरुयोजनामा सहयाेगि निकायसँग समन्वय गरि सहयाेग जुटाउन आफू लागि पर्ने प्रतिबद्धता जनाए ।
बिद्यालयले तयार पारेकाे पञ्चबर्षिय १६ बुधे गुरुयोजनामा धुलाेरहित बिद्यालय , हरित बिद्यालय , साथै खानेपानी व्यवस्थापन र घेरावार सिभिल ल्याप र बिज्ञान ल्याप निर्माण लगायत महत्त्वपूर्ण बिषयहरु रहेकाे छ ।


बिव्यस अध्यक्ष पाख्रिनले बिद्यालय आवास खाद्यान्न कार्यक्रम र बिद्यालय बसकाे लागि सांसदसंग माग गरेका छन् । उक्त अवसरमा पूर्व बिव्यस अध्यक्ष मिम लामा याेञ्जनले शैक्षिक गुणस्तरमा शिक्षकहरुकाे भूमिका रहनुपर्नेमा जाेड दिए ।
सिभिल इन्जिनियरिङ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन हूदै आएको बिद्यालयमा ४ सय ६० जना बिद्यार्थी अध्ययरत रहेकाे बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दंगालले जानकारी गराए । दंगालले २ सय बिद्यार्थी बसाेवास गर्न मिल्ने छात्रावास भवनकाे आवश्यक रहेकाे बताए । उनले कठिनाईपूर्वक २० वटा काेठामा पठनपाठन भईरहेकाेले २६ वटा कक्षाकोठा आवश्यक रहेकाे बताए ।


बिद्यालयमा जिल्लाभरका र छिमेकी जिल्ला काभ्रेका ६० जना बिद्यार्थीहरु छात्राबासकाे सुबिधा लिएर अध्ययन गर्दै अाएका छन् । बिद्यालयकाे गुरुयाेजना उपर बिद्यालय व्यवस्थापन समिति , शिक्षक र समाजसेवीहरुकाे सहभागीतामा अन्तरक्रिया गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्