२०८१ मंसिर ७
                           

नेपाल रेडक्रस सोसाइटी  सिन्धुपाल्चोक शाखाले यसरी मनायो दिवस

वैशाख २५ ,सिन्धुपाल्चोक-अन्तर्राष्ट्रिय रेडक्रस दिवस“मनैदेखिसेवा (Form the Hert)” भन्ने मूल नाराका साथ आज ८ मे २०२३ का दिन विश्वभर अन्तर्राष्ट्रिय रेडक्रस दिवसकाे अवसरमा  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले विविध कार्यक्रम गरि मनाएको छ ।

चौताराको भिन्तुना चोकबाट प्रभातफेरी गरी जिल्ला शाखाको भवन परिसरमा कार्यक्रमका प्रमुख अतिथि एवं चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले रेडक्रस झण्डात्तोलन गरी कार्यक्रम उद्घाटन भएको थियो ।
मानवीय सेवामा निरन्तर क्रियाशील रेडक्रसको गतिविधि बारे चर्चा गर्दै प्रकोपजन्य अवस्थामा विपद् न्युनिकरणका लागि नगरपालिकाको सहयोगात्मक भूमिका रहने प्रमुख अतिथि सापकोटाले बताउनु भयो ।


कार्यक्रममा भूकम्प तथा बाढीपहिरो लगायत विपत्तीको घडीमा रेडक्रसले गरेको संयोजनकारी भूमिका निरन्तर रहनपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख श्री पदमनाथ नेपालले बताउनु भयो । रेडक्रस कर्मी, जुनियर युवा सर्कल समेतको सहभागितामा रहेको उक्त कार्यक्रम शाखाका सभापति श्री राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमा सञ्चालन भएको थियो ।


दिवसकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा कार्यक्षेत्र अन्तरगत रहेका सातवटा विद्यालयको जुनियर तथा युवा रेडक्रस सर्कलका पदाधिकारी तथा शिक्षक नायक हरुको उपस्थितिमा एक दिने रेडक्रसका आधारभूत सिद्धान्त एवं जुनियर गतिविधि सञ्चालन कार्यविधि बारे श्री कृष्ण रत्नगंगा विद्यालयमा अभिमुखिकरण सञ्चालन गरेका थिए । सोही अवसरमा चौतारा स्थित श्री कृष्ण आधारभूत विद्यालय र वृद्धाश्रममा आँखा परीक्षण सम्पन्न गरेका थिए ।

  सल्फेरिनोको युद्धमा घाइते भएकाहरुलाई निष्पक्षरुपमा प्राथमिक उपचार गरी मानवीय सेवाको शुरुवातसंगै सन् १८६३ मा रेडक्रसको अन्तर्राष्ट्रिय रेडक्रसको स्थापना भई संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा विश्वभर यो दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्