सिन्धुपाल्चोक ,२७ वैशाख
सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ। बुधबार जिल्ला प्रहरी कार्यलयले तथ्यांक सार्वजनिक गदै गएको ४ महिनामा ४० जनाले आत्महत्या गरेकाे तथ्यांकमा देखाएको छ।
साे तथ्यांक अनुसार गत पुस २२ गतेदेखि वैशाख २७ सम्ममा ४० जनाले आत्महत्या गरेका छन् । ४० जनामा २० जना पुरुष, १५ जना महिला, २ जना बालक र ३ जना बालिका रहेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयाे।
पछिल्लो समय आत्महत्याको दर उच्च हुनु पारिवारिक विचलन नै प्रमुख कारण रहेको उहाको भनाई छ । आत्महत्या गर्नेहरुमा ५० वर्ष नाघेका र दीर्घरोगीको संख्या उल्लेख्य रहेको उनले जानकारी दिए ।
राणाका अनुसार उनले कार्यालयमा हाजिर भएदेखीको प्रकाशित प्रगती प्रतिवेदनमा जिल्लामा घटेका ९८ घटनाहरु मध्ये ४० घटनाहरु आत्महत्यासँग सम्वन्धित छन् ।
प्रतिक्रिया दिनुहोस्