सुरेस तिमल्सिना , काठमाडौं
” सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल ” को प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट हरेराम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने , महिला उपाध्यक्ष उमा श्रेष्ठ , महासचिव कुमार लामिछाने , सचिव जनकराम पराजुली , कोषाअध्यक्ष मिरा पौडेल ,सहकोषाध्यक्ष , उत्सव खड्का , युवा संयोजक सुरेस तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भए । सदस्यहरुमा सिता न्यौपाने ,समुन्द्र नेपाल ,सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने , उमेश पराजुली रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद माधव सापकोटा ( सुबोध )ले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै नीति नियम र विधानलाई अनुशरण गर्दै अगाडी बढ्न आग्रह गरे । उनले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हक , हित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट कलाकार , साहित्यकार , पत्रकार , समाजसेवी , विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका र प्रवासबाट फर्केकाहरुको सहभागीता रहेको थियो । कार्यक्रम सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका उपाध्यक्ष तथा भेला संयोजक माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई संस्थाका महासचिव उत्सव खड्का र सचिव हरि दुलालले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्