सिन्धुपाल्चोक जिल्लामा अनुचित लेनदेन (मिटर ब्याज)बाट पीडित भएकाहरुलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।
प्रशासन कार्यालयले दोस्रोपटक सूचना जारी गर्दै मिटर ब्याजबाट पीडित भएकाहरूलाई निवेदन दिन सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम कृष्ण गौतमका अनुसार जेठ १ गतेदेखि ७ गतेसम्म पीडितले सबुद प्रमाणसहित जिल्ला प्रशासन कार्यालयभित्र रहेको सहायता कक्षबाट वा सिधै अनलाइन लिंक प्रयोग गरेर पनि निवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्