विगत ४ दिनदेखि चौतारामा सन्चाल हुँदै आएको मोबाइल पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।
सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा भएको मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशभित्रका २६ जना सञ्चारकर्मीहरू सहभागी थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पत्रकारिताले समाज, राजनीति, संस्कृति सबै क्षेत्र, लिङ्ग लगायतको सम्बोधन गर्ने भएको हुनाले यसको सही सदुपयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो।
नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठले पत्रकारहरु हरेक घटना परिघटनाहरु सँग update हुनाका साथै समयसापेक्ष आफ्नो क्षमता र सीपमा पनि upgrade हुनुपर्नेमा जोड दिंदै पत्रकारहरुका लागि समयसापेक्ष तालिमको आयोजना गरेकोमा राजिष्टार कार्यालयलाई धन्यवाद दिए ।
रजिष्टार रेवती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सापकोटाले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो भने महासङ्घका अध्यक्ष श्रेष्ठले सहभागी, प्रमुख अतिथि, प्रशिक्षक एवं आयोजकलाई मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव सचिव विदुर आचार्यले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्