२०८१ मंसिर ७
                           

भ्रष्टाचार बिरुद्ध मानव अधिकार सिन्धुपाल्चोकले बुझायो प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिन्धुपाल्चोक , ४ जेठ

भ्रष्टाचार बिरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र सम्माननीय सभामुखलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहिबार मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष नातिबावु धितालले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई बुझाउँनुभएको हो । उत ज्ञापन पत्र  बुझ्दै आजै सम्बन्धित निकायमा पठाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानवअधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण रहेकोले सो ज्ञापन पत्र बुझाईएको मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष नातिबावु धितालको भनाई छ ।  ज्ञापन पत्र बुझाउने कार्यक्रममा एलाइन्सका पदाधिकारीहरु लगायत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष धितालले बुझाउनु भएको ज्ञापन पत्रमा यस्तो भनिएको छ –

नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानवअधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरूपयोग हो । नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासन प्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय हो । यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथी कडा कारवाही गरिनु पर्दछ ।

आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानवीन गर्न, दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्ममान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानव अधिकार एलाइन्स जिल्ला शाखा, lसिन्धुपाल्चोक जोडदार माग गर्दछ । साथै, अनुसन्धान प्रकृयालाइ सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरू समक्ष जोडदार माग गर्दछौँ । 

प्रतिक्रिया दिनुहोस्