२०८१ भाद्र २३
                           

स्वास्थ्य बिमा प्रभावकारी बनाउँछु ः मन्त्री बस्नेत

सिन्धुपाल्चोक , ४ जेठ
स्वास्थ्य तथा जनासंख्या मन्त्री मोहन बहादुर बस्नेतले हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनाई स्वास्थ्य उपचार नपाएर कसैको ज्यान नजाओस भनेर काम गर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चाेककाे ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाइ सो रकमले पैसाको अभावमा उपचार नपाएर मर्न पर्ने अवस्थाको अन्त्य गर्ने तर्फ आफू लागी परेको बताउनुभयो । त्यस्तै किसानहरुका लागि मल नपाउने समस्या अन्त्य गर्न नेपालमै यसै वर्षबाट रासायनिक मल बनाउने कारखाना खोल्न क्याविनेटमा पनि प्रस्ताव गरेको बताउनुभयो ।

अहिलेको सरकार किसानको हक हितमा लागेको लागेको बताउँदै ३ महिना भित्र रिजल्ट आउनेगरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सो अस्पतालका लागी एम्वुलेन्स उपलब्ध गराउनुका साथै अस्पतालको स्तरोन्नती र आवस्यक उपकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै मन्त्री बस्नेतले कोरोना कालमा जिल्लामा अक्सिजन प्लान्टको स्थापना गर्नुका साथै ६१८ स्वास्थ्यकर्मीको कोभिड बिमा गरिदिएको बताउनुभयो । आफूलाई १ नम्बर क्षेत्रमा राम्रो काम गरेकाले २ नम्बरको बिकासका लागी पठाएको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्