२०८१ भाद्र २३
                           

फरार दुई अपराधी पक्राउ

चौतारा ,४ जेठ
सम्झना कार्की- सिन्धुपाल्चोक जिल्ला प्रहरीले फरार अपराधी दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको पाँचपोखरी थाङपाल गा.पा.पा.वडा नं ०७ बस्ने २१ वर्षका सुकवीर तामाङ रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले बुधबार ३ गते दिउसो २ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं.०६ टार स्थितबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभएको छ ।

तामाङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका थिए । प्रहरीले पक्राउ गरी बिहिबार ४ गते सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि अदालतले उनलाई लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरी नायव उपरीक्षक राम कुमार यादवले बताउँनुभयो ।

साथै प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालीका वडा नं.१३ बस्ने ५७ वर्षका तान बहादुर श्रेष्ठ हुन् ।

श्रेष्ठलाई सोहि कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहिबार ४ गते १४ः४५ बजेको समयमा आफ्नै घरबाट पक्राउ गरेको हो ।उनी जिल्ला अदालतको मिति २०७९।०८।२१ गतेको फैसलाले अमानविय व्यवहार मुद्दामा १५ दिन कैद र पाँच हजार जरिवाना सजाँय भई फरार थिए ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरिएकोमा अदालतले उनलाई लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्