२०८१ भाद्र २३
                           

कलेजो रोगका पीडित अधिकारीलाई ५० हजार रुपैंया सहयोग

सिन्धुपाल्चोक ,८ जेठ

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले संकलन रकम नगद सहयोग गरेको छ । अधिकारी कलेजो रोगको समस्या झेलीरहनुभएको छ ।

उत्त संकलीत रकम ५० हजार २ सय ५० रुपैंया बिरामीको परिवारलाई प्रतिनिधि सभा सदस्य माधव सापकोटाले हस्तान्तरण गरिएको समन्वय समतिका इञ्चार्ज सुबास लामाले जानकारी दिनुभएको छ ।

रकम हस्तान्तरण गर्दै सापकोटाले बिरामीको कलेजो प्रत्यारोपणको लागि थप सहयोग र सम्मन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्